२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कर्नाटकमा एक सातासम्म पुनिथको मात्र फिल्म

१७ फागुन, काठमाडौं । साउथ सुपरस्टार कन्नड अभिनेता पुनिथ राजकुमारको निधन भइसकेको छ । ४६ वर्षीय पुनिथको निधन गत वर्षको अक्टोबरमा भएको थियो । हृदयघात भएपछि उनलाई बेङ्गलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनलाई मृत घोषणा गरिएको थियो । उनले सन् १९७६ मा फिल्म ‘प्रेमडा कनिके’बाट डेब्यु थिए । सन् २०२१ मा रिलिज भएको फिल्म ‘युवरथना’ पश्चात उनको अन्तिम फिल्म ‘जेम्स’ आउँदो मार्चमा रिलिज हुने भएको छ ।

उनको जन्मोत्सव अर्थात् १७ मार्चमा फिल्मलाई अल इन्डिया रिलिज गर्ने तयारी निर्माण पक्षले गरिरहेका छन् । चेतन कुमारको लेखन तथा निर्देशन रहेको फिल्म ‘जेस्म’लाई कर्नाटकमा एक हप्ता सोलो रिलिज गरिनेछ । भारतीय मिडियामा उल्लेख भएअनुसार पुनिथलाई श्रद्धाञ्जली स्वरूप १७ देखि २४ मार्चसम्म कर्नाटकमा उनको मात्र फिल्म देखाइनेछ । फिल्म बहुभाषिक रूपमा रिलिज गरिनेछ । फिल्ममा अनु प्रभाकर, श्रीकान्त, आर शरथकुमार, तिलक शेकर मुकेश ऋषिलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १५:४५