२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बलात्कार आराेपमा पक्राउ परेका सांसद बानियाँलाई भाेलि अदालतमा लैजाने

१७ फागुन, नेपालगञ्ज । बलात्कार आराेप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थल राँझाबाट नियन्त्रणमा लिएकाे छ । जबरजस्ती करणी गरेको जाहेरी परेसँगै उनी बेपत्ता थिए । उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेकाे थिए । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

उनले भने, ‘नेपालगञ्ज विमान स्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएका हाैं । मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार म्याद थपका लागि अदालत लगिने र अनुशन्धान सुरु गरिनेछ ।’ ऋण लगेकाे पैसा फिर्ता गर्छु भनेर बाेलाएर सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएकाे थियाे । प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडाैंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १३:४३