२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

देउवाले अब प्रचण्डको नाम नोवेल शान्तिका लागि सिफारिस गर्न ढिला गर्नुहुन्नः नेता बाँस्कोटा

१७ फागुन, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलो नगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम नोवेल शान्ति पुरस्कारका लागि सिफारिस गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन ।

सामाजिक सञ्जाल मार्फत मंगलबार बिहान नेता बास्कोटाले प्रचण्डले नै राष्ट्रघाती भनेको एमसीसी सम्झाैता उनैले संसदबाट अनुमोदन गर्न सफल भएकामा सम्मान गर्नुपर्ने बताएका छन ।  उनले भनेका छन, ‘सुप्रिमोद्वारा रणनीतिक लक्ष्यसाथ उनकै शब्दमा धोषित राष्ट्रघाती एमसीसी सम्झौता परित गर्न सफल भएकोमा सुप्रिमो कदमको कडा प्रतिरक्षासाथ जनसंगठनलाई नागरिक अभिनन्दन गर्न आदेश भएछ।अब देउवाले पनि नोवेल शान्तिको लागि सिफारिस गर्न ढिलाइ नगरे हुने थियो।ब्याख्यात्मक क्रान्ति मुस्कुराउदो छ।’

प्रकाशित मिति : March 1, 2022 at 9:34 am