२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

महायज्ञ उद्घाटन गर्न आज राैतहट जाँदै एमाले अध्यक्ष ओली

१७ फागुन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् ।

मौलापुरका मेयर रिनाकुमारी साहकाे नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।

मौलापुर-५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।महायज्ञमा नायक राजेश हमाल लगायत कलाकारको प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : March 1, 2022 at 9:06 am