२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राष्ट्रपति भण्डारीद्धारा २ जना विज्ञ नियुक्त

१६ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई विज्ञ पदमा नियुक्त गरेकी छन् । काठमाडौं महानगरपालिका–१५ का डा. महेशराज पन्त र काठमाडौं–४ का डा. कृष्णप्रसाद ओलीलाई राष्ट्रपति भण्डारीले विज्ञमा नियुक्त गरेकी हुन् ।


पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र ओलीलाई वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार १६:३७