२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

माओवादी केन्द्रका यी सांसदले एमसीसीको विपक्षमा मत दिने

१५ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छ्न् । सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका हुन् ।

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।

तर सत्ता गठबन्धनका सांसदहरु पोखरेल र विशंखेले एमसीसीको विपक्षमा मत दिने भएका हुन् । त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मतदान प्रकृयामा सहभागी नहुने भएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार १९:०७