२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


१५ फागुन, काठमाडाैँ । नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

तनहुँ जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो । शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । नायक शाहलाई प्रहरीले अधिकतम २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार १६:२०