२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

जंगलका लुकाई राखेको मोटरसाइकलसहित दुई जना पक्राउ

१५ फागुन, सर्लाही । सर्लाही प्रहरीले जंगलमा लुकाई राखेको अवस्था चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार मध्यराति बागमती नगरपालिका–९, बाट हराएको ज६प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको अवस्थामा बरामद भएको थियो ।

प्रहरीले घटनामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले मोटरसाईकल सँगै बागमती नगरपालिका–९, शंकरपुर बस्ने १९ बर्षीय विनोद महतो र सोही स्थानका १८ वर्षीयका अनिलकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको निमित्त प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार १४:४४