बझाङमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु एक जना घाइते
-सुरेश धामी
१५ फागुन,बझाङ / बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बुङ्गल नगरपालिका -३का ३८ वर्षिय जय बहादुर बोहरा रहेका छन् भने घाइते हुनेमा सोही ठाउँका अन्ताजि ३९ वर्षिय हर्कबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिनुभयो ।
शनिबार बेलुका ५ बजेतिर घर निर्माणको लागि काठ बोकेर खोल्लेक जानेक्रममा बुङ्गल नगरपालिका – ३ स्थित बुङ्गल रन्लेम सडक खण्डको जुमेपानिमा से १ च १४४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका बोहराको देउलेक प्राथमिक स्वस्थ्य केन्द्र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो । त्यस्तै घाइते हर्कबहादुर कोहराको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : February 27, 2022 at 12:02 pm





