६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

बलात्कार आरोपी पलले भने, ‘घर व्यवहार मिलाएँ, आजै प्रहरीसामू आत्मसमर्पण गर्छु’


१५ फागुन, काठमाडाैँ । बलात्कार आरोपी पल शाहले सबै घर व्यवहार मिलाएले आजै प्रहरीसामू आत्मसमर्पण गर्ने घोषणा गरेका छन । सामाजिक सञ्जाल मार्फत उनले सबै घर व्यवहार मिलाउनुपर्ने भएकाले आत्मसमर्पणमा ढिलाइ भएको बताएका छन ।

उनले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको बताएका छन । उनले फिल्मलाइ असर नगरोस भनेर पनि पहिल्यै प्रहरीकोमा नगएको बताएका छन । उनले भनेका छ ‘नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार ११:३५