सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा
१२ फागुन, काठमाडाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडाैँकाे टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीताप्रधान, बैंक उच्चव्यवस्थापन समूह, स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।
देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यले यस अघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्गतथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । बैंकको कुलशाखा संख्या १२८पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २५शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएममार्फत वित्तीय सेवा प्रदानगर्दै आएको छ ।
प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ०५:००