पोखरामा आज कांग्रेस र माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओली
१३ फागुन, काठमाडाैँ । पोखरामा आज कांग्रेस र माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा जान लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए ।
कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको आचार्यले बताए । स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा छलफल हुने भएको छ । कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे तय गरिएको छ ।
प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ११:५९