५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

नेकपा (एस)एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुने, बिरोध नगर्ने

१३ माघ, काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ । आजवाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफनो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार संसोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ ।

‘आजवाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौ,’ प्रवक्ता जगन्नाथ खतिवडाले न्युज कारखानासँग भने, ‘तर, यसरी छलफलमा सहभागी भए पनि संसोधन बिना एमसीसी पारित गर्न हुदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौं ।’ उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो ? त्यो संसदवाटै थप जानकारी दिने योजना राखिएको छ ।

प्रकाशित मिति : February 25, 2022 at 11:10 am