६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सलमान खानसहित चर्चित भारतीय कलाकार बैशाख ३ गते काठमाडौँ आउने


५ फागुन, काठमाडाैँ । बलिउड अभिनेता सलमान खानसहितको टोली काठमाडौँ आउने भएको छ । ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका कलाकारलाई बैशाख ३ गते काठमाडौँ ल्याउन लागेको हो ।

ओडीसी इन्टरटेनमेन्टका प्रमुख सीमान्त गुरुङले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार उक्त मितिमा दशरथ रंगशालामा हुने कार्यक्रमको लागि सलमानसहितका कलाकारलाई ल्याउन लागिएको हो ।

बुधबार ती कलाकारलाई सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने कूल रकममध्ये ४ करोड रुपैयाँ पारिश्रमिक पठाउन ओडीसीले पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको छ । सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार आउनेछन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ०७:५५