२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

बसाइँ हिड्नेकाे ताँतिले उजाड बन्दै सुन्दर गाउँ र बस्ती


-कृष्ण अन्जान

२६ माघ, गुल्मी । एकाबिहानै आफ्नो फेसवुक वालमा रुरुक्षेत्र गाउँ पालिका वडा न १ भट्कुवाका फर्सुराम पौडेलले कसैको गाउँबाट बसाई सराईका लागि जाँदै गरेका पोका पुन्तुराका फोटो हाले । पौडेल तिनै सामाजिक अभियन्ता हुन जस्ले आफ्नो मातृभूमि भट्कुवा गाउँ फर्केर कुखुरा बाख्राको व्यवसायीक पालन गर्छन ।उनको नजिकैको रिडीबजारमा सुविधा सम्पन्न घर छ , शुखको जिन्दगी विताउन सक्छन तर रिडीबजार बाट करिब एकघण्टा माथिको भट्कुवा गाउँले उनलाई तानेको छ ।

समृद्धिको यात्रा गाउँबाटै शुरु गरिनु पर्छ भन्ने बुझेका फर्सुराम पौडेल जब कोहि बसाई सराई गर्दै गाउँ छाड्छ मन अमिलो भएको बताउँछन् । कुनै बेला भट्कुवा खोला देखि करिब डेढ घण्टाको नाके उकालो चढेर गाउँ पुगिन्थ्यो त्यतिबेला गाउँमा मान्छेहरू डमक्कै थियो । अहिले दुई तिन तिरबाट सडक गाउँमा पुग्छ तर मान्छे गाउँ छाड्दैछन ।

यहि भट्कुवा हो जुन गाउँमा एक खेप पानीका लागि एक डेढ घण्टाको यात्रा तय गर्नु पर्थ्यो तर अहिले पानी घरघरै छ बिजुली छ सन्चारको सुविधा सबै छ तर गाउँ रित्तँदै छ । समयको खेल गाउँमा खेल मैदान बन्यो खेल्ने कोहि छैन , तीन वटा विध्यालय छन पढ्ने विध्यार्थी छैनन स्वास्थ केन्द्र छन बिरामी आउँदैन । साँच्चै गाउँ यसरी रित्तिएका छन कि मानौ केही वर्षमा घर गोठ र गाउँ जँगलमा परिणत हुनेछ र सायद गुगलले पनि गाउँ पत्ता लगाउन सक्ने छैन ।

मान्छे हरु शुखको खोजिमा गाउँ छाडेको कुरामा दुईमत छैन यसमा राज्यका निकाय हरुपनि दोषि छन ।मुख्यतया रोजगारीको अवसर गाउँमा छैन पहिलो यहि कारण रहेको भनाई बसाइँ सर्ने हरुको छ ।त्यसो त शहर तिर बसेर गाउँको विकास हुनुपर्छ भनेर चुटकि बजाउने हरु छन ।

शहरमा आफु केन्द्रित हुने गाउँको विकासका फोस्रा कुरा गर्ने तर गाउँलाई सम्झँदा नाक खुम्च्याउने प्रवृत्तिले पनि गाउँको बाट बसाइँसराइ बढेको छ । गाउँबाट पलायन रोक्न भुमिको स्वामित्व माथि गाउँ पालिकाले हस्तक्षेप गरिनु पर्ने अवधारणा वौद्विक व्यक्तित्व वेदराज ज्ञवालीको छ ।

जसले जमिन बाँझो राख्छ त्यो जमिन गाउँ पालिकाले आफ्नो पकडमा लिँदै भुमिहिन र जस्ले कृषि कर्म गर्न खोजेको छ उसैलाई दिने नीति ल्याउने हो भने बसाइँसराइ आफ्नो जग्गाको मायाँले भएपनि रोकिने तर्क ज्ञवालीको छ । तर राजनीति बाहेक अरु केही नबोल्ने र नसोँच्ने स्थानीय तहमा यो तह सम्मको सोँचाई पाइँदैन । जब गाउँनै रित्तिँदै गयो भने विकासका बजेट परिचालन र राजनिती को माथि र कस्का लागि गर्ने यो एउटा वहसको विषय बनेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ०९:३३