२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

कुन प्रधानमन्त्रीको कस्तो कुटनीति ?


१५ वैशाख, काठमाडौँ । सरकारमा कुटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हावी हुँदा नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धमा गम्भीर त्रुटी भैरहेको बताउने परराष्ट्रविद् जयराज आचार्यले कुटनीति सञ्चालनको ढाँचामा परिवर्तन गर्नुपर्ने बताएका छन । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अब राजदूत नियुक्तिको मापदण्ड नै परिवर्तन गर्नुपर्ने बेला भैसकेको पनि बताएका छन । उनै २०४८ देखि ५१ सालसम्मको महत्वपूर्ण कालखण्डमा कुटनीतिज्ञको रूपमा काम गरेका आचार्यले केही प्रधानमन्त्रीको कार्यकालको कुटीनिलाई यसरी सम्झिएका छन ।

गिरिजाप्रसाद कोईराला

गिरिजाप्रसादसँग प्रमकै रुपमा काम गरेको थिएँ । उहाँ प्रम, रक्षा र परराष्ट्रमन्त्रीको भुमिकामा हुनुहुन्थ्यो । मलाई काम गर्न सजिलो के थियो भने उहाँले युएनमा राजदुत हुँदा आफैँ निर्णय गरे हुन्छ । मलाई त्यताको ज्ञान छैन भन्नुभएको थियो । भारतसँगको सम्बन्ध उहाँले ह्याण्डल गर्नुभयो । किसनुजीले भारतसँगको सम्बन्ध निकै बुद्धिमानीपूर्ण ढंगले ह्याण्डिल गर्नुभएको हो ।

शेरबहादुर देउवा

शेरबहादुर देउवमा केही पनि कुटनीति छैन । देउवामा सत्तामा गएपछि शक्ति आउँछ र शक्ति आएपछि मान्छे परिचालन गर्न सकिन्छ भन्ने राजनीतिक चेतमात्र छ ।

पुष्पकमल दाहाल प्रचण्ड

पुष्पकमल दाहाल प्रचण्ड कुटनीतिमा निके कमजोर देखिए । तेस्रो पटक प्रधानमन्त्री भएर पनि के भएको छ । पहिलो भ्रमणमा नोमुरे आयोजना बनाउने भनेको बनेन । हालसालै पञ्चेश्वर एक महिनाभित्र अघि बढाउने सम्झौता भएको सुनेको छु । तर २० वर्ष भइसक्यो एक मुठी माटो पनि खनिएको छैन । प्रचण्डको बारेमा भारतीय कुटीनिज्ञ रञ्जित रेले काठमाडौं डिलेमामा लेखेको जस्तै भएको छ प्रचण्डको कुटनीति पनि ।

माधवकुमार नेपाल

माधवकुमार नेपालले के गर्नुभयो केही थाहा छैन ।

डा बाबुराम भट्टराई

डा बाबुराम भट्टराई कुटनीतिमा फेल भए । बिप्पा गरेर लागू गर्न सकेनन । बौद्धिक लाग्थ्यो । तर राजनीति बिग्रँदा गलत रहेछ मेरो धारणा जस्तो लाग्छ ।

केपी शर्मा ओली

केपी शर्मा ओलीले कुटनीतिमा साह्रै राम्रो अडान लिएको देखियो । केपी ओलीले नाकाबन्दी नहट्दासम्म भारत भ्रमण गर्दिन भनेर राम्रो गर्नुभयो । हटेपछिमात्र जानुभयो । तर चुच्चे नक्शामा भने मिस एड्भेन्चर भएको छ । भित्तामा त छ । लालपूर्जाको रुपमा भित्तामा छ । संविधानमा पनि छ तर भोगचलन भारतले छोड्दैन । यसमा कुटनीतिक कमजोरी भएको छ । नक्शा पास गर्नुअघि लिपुलेक र कालापानीमा विवादित भनेर मानेको पनि थियो । त्यसमा हामीले कुरा गरौं दुवै पक्षलाई राम्रो हुने समाधान निकालौं भनेर समाधान निकाल्न सकिन्थ्यो । भारतलाई यो नेपालकै हो भनेर मनाएर बरु कैलाश मानसरोवर जाने बाटो दिएर । नेपालकै भूमिभित्र बनाउँ तर प्रयोग गरेबापत कर तिर्नुपर्छ भनेर स्वीकार गराएर नेपालकै हो भनेर गराउन सकिन्थ्यो । ६२ को लडाईंमा ९भारतीयहरु०मर्का परेरै बसेका थिए । यसलाई कुटनीतिमार्फत मिलाउन सकिन्थ्यो । हामीले एडभेन्चरिजम गर्यौं ।

नेपालका सफल कुटनीतिज्ञ को त ?
सक्षम र असलमा यदुनाथ खनाल देखिन्छन् । देशको परराष्ट्र सेवामा नरेन्द्रमणि दीक्षितदेखि सेवा लम्सालसम्म २५ जना सचिव भए । तर यदुनाथको सम्झनामा यदुनाथ मेमोरियल लेक्चर सिरिज परराष्ट्र मन्त्रालयले गर्ने गरेको छ । उहाँको नेतृत्वमा सबैभन्दा अग्लो कुटनीति सञ्चालन भएको देखियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार १२:४९