८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै क्रेष्ट माइक्रो लाइफ


१८ वैशाख, काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव प्रथम वार्षिक साधारण सभाबाट समेत पारित गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्याप्टिल लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौतामा क्रेस्ट माइक्रो लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआईएमबी एस क्याप्टिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १८:०१