३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नेकपा (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्याैपाने सर्वसम्मत

२६ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा राम न्यौपाने सर्वसम्मत चयन भएका छन । १० औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

लामो समयपछि आज जिल्ला नेतृत्वको टुंगो लागेको एमालेले जानकारी दिएको छ । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन ।

आजै १३२ सदस्सीय जिल्ला कमिटीको घोषणा गरेर सपथ गराउने तयारी गरिएको छ । ६ जना एकता प्रकृया र ६ जना मनोनितसहित १३२ जना जिल्ला सदस्यको पनि टुंगो लागेको छ । सपथग्रहण कार्यक्रम दिउँसो १ बजे पार्टी कार्यालयमा आयोजना गरिएको छ ।

प्रकाशित मिति : February 9, 2022 at 8:48 am