राप्रपा छाडेको कमल थापाको घोषणा
२५ माघ, हेटाैँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन । गृह जिल्ला मकवानपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका हुन । उनले राप्रपाका कसैसँग पनि आफ्नो शत्रुता नरहेको बताएका छन । थापाले नयाँ राजनीतिक दल खोलेर बाँकी राजनीतिक यात्रा अघि बढाउने बताएका छन । पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन ।

प्रकाशित मिति : February 8, 2022 at 1:59 pm









