नेपाली कांग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत नियुक्त
२४ माघ, काठमाडाैँ । नेपाली कांग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत नियुक्त भएका छन । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका हुन् ।
महतलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । महत १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि केन्द्रीय सदस्यमा मनोनित भएका थिए ।
प्रकाशित मिति : February 7, 2022 at 11:19 am









