४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

२३ माघ, काठमाडौँ । साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ । बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ ।

प्रकाशित मिति : February 6, 2022 at 3:26 pm