१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सुर्खेतमा सौतेनी बाबुद्वारा ११ वर्षय छोरी बलात्कृत

२१ साउन,वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिका¬–५ सानो हात्तीखालमा ११ वर्षकी बालिकालाई बलात्कार भएको छ । सौतेनी बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गोठाला गएका रहेछन् र जेठी छोरीलाई घर बोलाएर जबर्जस्ती करणी गरेको पाइयो’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।

पीडित बालिकाको स्वास्थ्य उपचारका लागि मेहेलकुना अस्पतालमा राखिएको छ । आइतबार बिहान घटनास्थल पुगेर प्रहरीले पीडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १९:४०