१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

लाभांश प्रस्ताव पारित गर्दै एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न

१४ असोज, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको हो ।सभाले सेयरधनीहरुका लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, प्रस्तावित बोनस सेयर जारी भएपश्चात् पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको छ । आ.व. २०८३/८४ को लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।

प्रकाशित मिति : September 30, 2026 at 2:58 pm