पत्रकार अखण्ड भण्डारीले कान्तिपुर छाड्दै, समाचार कक्षमा वामपन्थी निकटलाई ब्लक
२१ साउन, काठमाडौँ । सशक्त पत्रकार अखण्ड भण्डारीले पनि कान्तिपुर दैनिक छाड्ने भएका छन । प्रधानसम्पादक पछिको जिम्मेवारीका लागि स्वभाविक हकदार मानिएका भण्डारीले कान्तिपुर दैनिकको सहयात्रामा आजैदेखि पूर्णविराम लगाउँदैछन । कान्तिपुरको डेस्कमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका भण्डारीले आज राजिनामा दिने तयारी गरेको भन्दै केही कर्मचारीले भने खल्लो महशुष भएको बताएका छन ।
सुधिर शर्माको राजिनामापछि प्रधानसम्पादक भएर भित्रिएका नारायण वाग्लेले वामपन्थी विचारधाराका पत्रकारलाई महत्वपूर्ण जिम्मेवारी नदिने नीति लिएपछि भण्डारीले कान्तिपुर छाड्ने निष्कर्ष निकालेको कान्तिपुर स्रोतले बताएको छ । भण्डारीले आजै कान्तिपुर व्यवस्थापनलाई आफ्नो राजिनामा बुझाउँदै छन ।

खोजमुलुक रोर्पिटङको अलवा भण्डारी कान्तिपुर दैनिकमा ‘भ्वाइस अफ दि भ्वाइसलेस’ स्तम्भ मार्फत पाठककासामू स्थापित थिए । भण्डारीले लेखेका दुई पुस्तक ‘समाचारको भाषा’ र ‘मलाय एक्सप्रेस’ चर्चित रहेका छन । भण्डारी विक्रम संवत २०५७ सालमा कान्तिपुर प्रवेश गरेका थिए । जुन समयमा छनौट समितिमा अहिलेका कान्तिपुरका प्रधानसम्पादक नारायण वाग्लेहरु नै रहेका थिए । विगतमा नारायण वाग्लेको रोजाईमा परेका व्यक्ति समेत अहिले रोजाईमा नपर्नु राजनीतिक कारण भएको भन्दै कार्यरत पत्रकारहरु असन्तुष्ट देखिएका छन ।कान्तिपुरले जिम्मेवारीमा विभेद् गर्ने निश्चत भएकाे भन्दै अन्य केहीले पनि छाड्ने तयारी गरेका छन । लगत्तै कान्तिपुरको डेस्कमै कार्यरत अर्का एक जना पत्रकारले पनि राजिनामा दिने तयारी गरेका छन ।
भण्डारी अब अन्नपूर्ण पोष्टको सेकेण्डम्यान
भण्डारी कान्तिपुरबाट बाहिरिए पनि अन्नपूर्ण पोष्टमा अनुबन्धित हुने तयारीमा रहेका छन । उनलाई अन्नपूर्ण व्यवस्थापनले प्रधानसम्पादक पछिको जिम्मेवारी दिएर नियुक्ति दिन लागेको अन्नपूर्ण स्रोतले जनाएको छ । यसअघि कान्तिपुरको सम्पादकबाट राजिनामा दिएर बाहिरिएका हरिबहादुर थापाले यसअघि नै अन्नपूर्णमा प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका छन । अन्नपूर्णमा थापाको प्रवेशसँगै राजाराम गाैतम र नारायण अमृत राजिनामा दिएर अन्नपूर्ण पोष्टबाट बाहिरी सकेकाछन ।
प्रकाशित मिति : August 6, 2018 at 11:44 am





