१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रक्सीको मातमा गाडी कुदाँउदा काठमाडाैँको महाराजगञ्जमा दुर्इ जनाको मृत्यु

२१ साउन, काठमाडाैँ । रक्सीको मातमा गाडी कुदाँउदा काठमाडाैँको महाराजगञ्जमा दुर्इ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन । गएराति २ बजेतिर काठमाडौंको महाराजगञ्जमा बा १९ च ६५ १५ नम्बर भ्यान रोकिराखेको बा ४ ख ९८५४ नम्बरको टिपरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा खाेटाङका रामबहादुर थापा र सिन्धुपाल्चोक जुगलका पशुपति सिलवालको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका भ्यानका चालक सिन्धुपाल्चोकका सुरेश पराजुलीको त्रिवि शिक्षण अस्पतालमा उपचारमा भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार ०८:३४