एमालेले जित्ने स्थानीय निर्वाचन नगर्ने सत्तारूढ दलको निर्णय, किन डरायो गठबन्धन ?
९ माघ, काठमाडौँ । नेकपा एमालेले एक्लै बहुमत स्थानीय तहमा सरकार चलाउने आँकलनसहित सत्तारूढ दलहरूले तत्काल स्थानीय तहको निर्वाचन नगर्ने निर्णय गरेका छन । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी सहमति गरेको छ ।
वैशाखमा स्थानीय निर्वाचन भए पाँच दलीय गठबन्धन बनाउँदा पनि एमालेले करिब ५० प्रतिशत स्थानीय तहमा चुनाव जित्छ भन्ने सूचना पछि सत्तारूढ दलहरू निर्वाचन नै नगराउने निर्णयमा पुगेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज भन्दापछिमात्र निर्वाचन गर्ने सहमति जुटाएको छ ।
किन डरायो गठबन्धन ?
पाँच दलीय मोर्चा बन्दी बनाएर परमादेशले सरकार बनाएपनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय चुनाव गर्ने विषयमा यसअघिदेखि नै हच्किएका थिए । उनले पार्टी कार्यकर्ताको एउटा भेटमा केही अघि स्थानीय अझै पनि एमाले निकै बलियो रहेकाले गठबन्धनले केही गर्न नसक्ने अभिव्यक्ति दिएका थिए । पछिल्लो समयमात्र संगठन बनाउन सुरू गरेको नेकपा माओवादी केन्द्र र माधवकुमार नेपालको पार्टीले त झन स्थानीय तहमा जित हात पार्ने कुनै आधार नै देखेका छैनन् ।

उनीहरूको तीन वर्षको गतिबिधि नागरिकले स्वतन्त्रत ढंगले नियाल्ने काम गरेका छन । जसको मूल्यंकन चुनाव गर्ने भन्दै सामाजिक सञ्जाल मार्फत विभिन्न खालाका अभिव्यक्तिहरू दिइरहेका हुन्छन । यस्तो परिस्थितिले सत्तारूढ तीन प्रमुख दल नै स्थानीय निर्वाचनको विपक्षमा पुगेका हुन ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गराउँदा करिब ५० प्रतशित स्थानीय तहमा एमालेले जित्ने सूचना प्रधानमन्त्री देउवाले पाएका छन। उनले यो सूचना प्रचण्ड र माधवकुमार नेपालसँग पनि साँटेको बुझिएको छ । त्यसकारण उनीहरू कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्रमा लागेको बुझिएको छ । यता प्रमुख प्रतिपक्षी दल एमालेले भने स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउँदै आएको छ ।
प्रकाशित मिति : January 23, 2022 at 8:24 pm









