सर्वदलीय बैठकको बारेमा एमालेलाई कुनै जानकारी छैनः उपप्रमुख रिजाल
८ माघ, काठमाडाैँ । नेकपा (एमाले)ले सरकारले बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा एमालेलाई कुनै जानकारी नभएको बताएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपपम्रखु विष्णु रिजालले पार्टीको आधिकारिक फेसबुक पेज मार्फत यस्तो जानकारी दिएका हुन ।

उनले भनेका छन, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं । स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा (एमाले) को किमार्थ सहमति नहुने हाम्रो धारणा स्पष्ट नै छ ।’
स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बाेलाएका थिए । प्रधानमन्त्री देउवाकाे सचिवालयले एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बाेलाएकाे बताएकाे थियाे ।
प्रकाशित मिति : January 22, 2022 at 9:59 am









