२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

हिजो बस्न नसकेको सत्ता गठबन्धनको बैठक आज ४ बजे, चुनाव केन्द्रीत छलफल हुने

७ माघ, काठमाडाैँ । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । स्थानिय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो ।

गठबन्धनको बैठकमा निर्वाचनलगायत समासामायिक राजनीतिक बिषयमा छलफल हुनेछ । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भए पछि लामोसमय देखी गठबन्धनको बैठक बस्न सकेको थिएन ।

दुवै नेता कोरोना संक्रमण् मुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो । सोही भेटवार्ता पछि गठबन्धनको बैठक अपरान्ह ४ बजे बोलाईएको हो ।

प्रकाशित मिति : January 21, 2022 at 8:41 am