देउवा र कांग्रेसका लागि एमाले सचिव भट्टराईले दिए दुई विकल्प
७ माघ, काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका लागि जम्म दुई विकल्प बाँकी रहेको बताएका छन । सरकारको भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिनदहाडै सार्वजनिक मञ्जबाट व्यक्ति हत्याको धक्की दिएपछि त्यसमा प्रतिक्रिया जनाउँदै सचिव भट्टराईले यस्तो विकल्प दिएका हुन ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत सचिव भट्टराईले देउवाले कि त रेणुलाई बर्खास्त गर्नुपर्ने अर्थात कांग्रेसले राजनीतिमा हिंसा जायज भनेर स्वीकार गर्नुपर्ने बताएका छन । उनले भनेका छन, ‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्यो । अर्को बाटो छैन ।’
प्रकाशित मिति : January 21, 2022 at 7:34 am









