२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

संसद विघटन गरेर चुनाव घोषणा गर्ने विषयमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

६ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । उनीहरूको बीचमा संसद विघटन गरेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन वैशाखमा गर्ने विषयमा छलफल भएको छ । प्रचण्ड र नेपालले स्थानीय तहको निर्वाचन पहिल्यै नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न माग गरेका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार साँझ प्रधानमन्त्री देउवालाई भेटेका हुन् । प्रचण्डले यसअघि मंगलबार भएको सत्तारूढ दलको संयन्त्रको बैठकमा संसद विघटन गरेर चुनावमा जाने प्रस्ताव गरेका थिए ।

उनीहरूबीच चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । यसअघि आज अपरान्ह ४ बजे बोलाइएको सत्ता गठबन्धन बैठक तयारी नपुगेर स्थगित भएको थियो । अब गठबन्धनको बैठक भोलि अपरान्ह ४ बजे बालुवाटार बोलाइएको छ ।

प्रकाशित मिति : January 20, 2022 at 9:06 pm