१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

सुनकाे मूल्य प्रतितोलामा एक हजारको दरले बढ्यो, यस्ताे छ बजार भाउ

६ माघ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

बुधबारकाे तुलनामा बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महास‌ंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : January 20, 2022 at 11:31 am