२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह निर्वाचित

२ माघ, राैतहट । नेकपा (एमाले) रौतहटको अध्यक्षमा त्रिभुवन साह’अमर’ निर्वाचित भएका छन् । रौतहटको कटहरियामा सम्पन्न एमालेको नवौं एकता जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह निर्वाचित अधिवेशनबाट उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी, उपसचिव रुपेश पटेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : January 16, 2022 at 10:33 pm