२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

जनार्दन ढकालको सूर्यचन्द्र कन्स्ट्रक्सन कालोसूचीमा

१ माघ, काठमाडौँ । ठेकेदार जनार्दन ढकालको सूर्यचन्द्र कन्सट्रक्सन कालोसूचीमा परेको छ । कर्जा सूचना केन्द्रले पछिल्लो पटक पुस १८ मा अपडेट गरेको लिस्टमा ढकालको सूर्यचन्द्र कन्स्ट्रक्सन पनि कालोसचूीमा परेको हो ।

सम्बन्धित वित्तिय संस्थाले अनेकौ प्रयास गर्दा पनि आफनो  कर्जा असुल गर्न नसकेपछि कर्जा सूचना केन्द्रलाई जानकारी गराएर कालोसूचीमा चढाउने गरीएको छ । यसमा धेरैजसो नियतबस ऋण तिर्न नोखोज्नेहरूको नाम र कम्पनी पर्ने गरेको छ।

ढकालको आशिष र सूर्यचन्द्र जेभीका नाममा लिएको ऋण नियतबस नतिरेपछि केन्द्रले कालोसूचीमा रखेको हो  । राजनीतिक संरक्षण र सेटिङमा ठेक्कापट्टा लिने र काम नगर्नेको सूचीमा अग्रपंक्तिमा नाम आउने ढकाल एमाले रसुवाका सचिव समेत हुन ।

ढकालले भने आफू कालोसूचीमा नपरेको दाबी गरेका छन । दैनिकीसँग कुरा गर्दै ढकालले अफूले कम्पनी प्रयोग गर्न दिएको र एउटा पेट्रोल पम्पको भुक्तानी हुन नसकेपछि रमेशकुमार श्रेष्ठ र आशिश सूर्यचन्द्र जेभी कालो सूचीमा परेको बताए । उनले आफ्नो चरित्रहत्या गर्ने कोशिश भएको भन्दै आपत्ति जनाए । ढकालले कालोसूची भनेर आफ्नो नाम जोड्नै आवश्यक नरहेको तर्क गरे । ढकालले कालोसूचीमा अरू नै परेको भने पनि सूर्यचन्द्र कन्स्ट्रक्सन उनैको हो ।

ढकालले अहिलेसम्म राजनीतिक संरक्षणका नाममा कुनै पनि ठेक्का नलिएको भन्दै लिएको देखाउन चुनौति पनि दिए । उनले केही मान्छे आफ्नाविरूद्धमा लागेको बताए ।

के हो कालोसूची ?

नेपालमा बैंकहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् १९८९ मा ‘कर्जा सूचना केन्द्र’ को स्थापना गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा सम्बन्धी सूचनाको अभिलेख राख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहितको तीन पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ । कुनै एक बैंक तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालोसूचीमा पर्दछ ।

यो पनि पढ्नुहो्स्

नुवाकोटको वैकल्पिक राजमार्ग परिकल्पना गरिएको सडक कृषिमा रूपान्तरण (भिडियो)

कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि आगामी दिनमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट पाइने सेवा सुविधामा बन्देज हुन सक्छ । यसबाट कुनै एउटा बैंक वा वित्तीय संस्थाको ऋण रकम नतिरी कालोसूचीमा परेको व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः कर्जा पाउन सक्दैन । कालोसूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सुविधा समेत नपाउन सक्छ ।

ढकालले काठमाडौँको तिनप्पले हुँदै गल्छीसम्म निस्कने वैकल्पिक राजमार्गको ठेक्का लिएर अलपत्र पारेका छन । स्थानीय राजनीतिक दलका नेताहरूको मुख बन्द गराइदिने र उल्टै त्यहाँबाट ढुंगाहरू काठमाडौँ ल्याएर बेचेको र ढकालले समयमै काम नगरेका कारण वैकल्पिक राजमार्गको रूपमा सुरू भएको सडक कृषि सडकमा झरेको भन्दै स्थानीय आक्रोश पोख्दै आएका छन ।

कालोसूचीको विवरण तल हेर्न सक्नुहुन्छ । 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १२:२६