एमाले सङ्खुवासभा अध्यक्षमा घिमिरे सर्वसम्मत
२८ पुस, काठमाडाैँ । नेकपा (एमाले) सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले आज घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । अघिल्लो कार्यसमितिका अध्यक्ष रहेका घिमिरेलाई पुनःअध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दाबे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । उपसचिव खड्का नेकपा (माओवादी) केन्द्रबाट केही दिनअघि एमालेमा प्रवेश गर्न भएको थियो । बुधबार साँझसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको हो ।

सोमबारदेखि सुरू भएको आठौँ जिल्ला अधिवेशनमा एक हजार जना भन्दाबढी प्रतिनिधिको सहभागिता रहेको थियो । नवनिर्वाचित पदाधिकारीलाई बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका प्रमुख भविश्वर गुरुङले बताउनुभयो ।
प्रकाशित मिति : January 12, 2022 at 10:41 pm









