भीम रावल निकटका शाहलाई पराजित गर्दै एमाले अछामको अध्यक्षमा चन्द्र बोहोरा विजयी
२८ पुस, काठमाडाैँ । नेकपा एमालेका नेता डा भीम रावलले गृह जिल्लामै धक्का व्यहोरेका छन । एमाले अछामको जिल्ला अधिवेशनमा उनी निकटका अध्यक्षका उम्मेदवार पराजित भएछन । यद्यपी उपाध्यक्ष र सचिव र एक जना उपसचिवमा रावल पक्षका उम्मेदवार पनि विजयी भएका छन ।
नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द्र बोहोरा विजयी भएका हुन । बोहराको विरूद्धमा रावल निकट समूहले प्रकाश शाहलाई उम्मेदवार बनाएको थियो । बुधबार सम्पन्न मतगणना अनुसार बोहोरा ४३१ मतसहित विजयी भए भने शाहले ३०७ मत प्राप्त गरेका छन ।

उपाध्यक्ष पदमा बलबहादुर कुँवर विजयी भएका छन्। त्यस्तै सचिव पदमा भीमबहादुर रावल (कालोटोपी) विजयी भएका छन्। उपसचिवमा प्रेमबहादुर महर र डम्बर बिसी विजयी भएका छन । पदाधिकारीमा भने रावल समूहकै बहुमत देखिएको छ ।
प्रकाशित मिति : January 12, 2022 at 7:12 pm









