नेकपा एमाले उदयपुरमा अध्यक्ष र सचिवमा ३/३ जना आकांक्षी
२४ पुस, काठमाडाैँ । नेकपा एमाले एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशन सुरु भएसँगै नेतृत्वका लागि दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ । हालसम्म अध्यक्ष र सचिव पदका लागि ३/३ जनाले उम्मेदवारी घोषणा गरेका छन ।
यस अघि अध्यक्षपदको लागी दरो उमेद्वारी घोषणा गरेका नेकपा एमाले उदयपुरका सचिवालय सदस्य कुशल बाबु बस्नेतले आम कार्यकर्ता र प्रतिनिधिहरुको सल्लाहा र माग बमोजिम सचिव पदमा जाने निर्णय गरे सगै नेकपा एमाले उदयपुरमा हाल सम्म अध्यक्ष पदका लागि प्रमेश्वर घिमिरे, कालु लामा र खड्ग परियार आकाक्षी देखीएका छन । यस्तै सचिव पदमा भने कुशलबाबु बस्नेत ,टेक बाहादुर राउत र शम्भु सम्भु पौडेल आकाक्षी देखीएका छन ।
यसै बिच प्रतिनिधिहरु बिच सचिव पदका उमेद्वार कुशलबाबु बस्नेत लोकप्रिय मानिएका छन । अध्यक्ष पदको उमेदवारी घोषणा गरेका बस्नेतले आम कार्यकर्ता र प्रतिनिधिहरुको सल्लाहा बमोजिम अध्यक्षको उमेद्वार बाट सचिव पदमा उमेदवारी घोषणा गरे सगै बस्नेत लोकप्रिय बनेका छन ।

तत्कालीन नेकपामा दुइधार भै समान्तर कमिटी बनेको समयमा उदयपुरको सचिव भै काम गरेका बस्नेत पुन सचिव भै काम गर्दा उपयुक्त हुने भन्दै बस्नेत प्रति आम प्रतिनिधिहरुको शुभेक्क्षा समेत देखाएका छन । संकटका बेला पार्टीलाई बचाएर यो अवस्थासम्म ल्याई पुर्याएको भन्दै त्यो योगदानको कदर गरेर पनि एक अबको कार्यकालमा सचिव पदमा बस्नेतलाइ बनाउनु पर्नेमा आम प्रतिनिधिहरुले दबाव दिएका छन ।
पार्टीलाई एकढिक्का बनाई नेकपा एमालेको एतिहासिक बिधान अधिबेशनबाट पारित नीति कार्यक्रम आम जनसमुदाय समक्ष पुर्याउन र एमालेलाई सुदृढ एकताका साथ अघिबढाउदै आगामी निर्बाचनमा लाल किल्ला बनाउने आबश्यकतालाई मध्यनजर गर्दै सचिवमा मा बस्नेत नै हुनु पर्नेमा आम प्रतिनिधिहरुले माग गरेका छन ।
सचिव पदका दावेदारका रुपमा रहेका बस्नेत अनेरास्विबयु उदयपुरको उपाध्यक्ष, अध्यक्ष, माले र एमाले अखिलको एकताको संयोजक , अञ्चल सचिव, दुई कार्यकाल राष्ट्रिय परिषद सदस्य मसेत भैसकेका छन । बस्नेत ४ कार्यकाल २०५७ देखि हाल सम्म नेकपा एमाले उदयपुरको जिल्ला कमिटी सदस्य कार्यकाल दुई कार्यकाल सचिवालय सदस्य भइ सकेका छन भने ।
बस्नेत एकपा एमालेको जनवर्गीय सगठन प्रेस चौतारी नेपाल उदयपुरको सस्थापक सचिव, तत्कालिन अञ्चल अध्यक्ष, केन्द्रीय उपाध्यक्ष समेत भै सकेका छन । बस्नेत नेकपा एमालेका नीकै लोकप्रिय युवा नेतामा रुपमा चिनिदै आउनु भएको छ । यस अघी भएको निर्बाचनमा उदयपुर १ क बाट टिकट समेत पाएका बस्नेतको टिकट अरुको हातमा परेके थियो ।
यसै बिच नेकपा एमाले उदयपुरमा चुनाव हुन नदिइ सर्वसहमत नेतृत्व चयन गर्न प्रतिनिधिहरुले अध्यक्ष मड्ललाइ म्यानडेड् दिएका छन । आम प्रतिनिधिहरुले सर्व सहमत नेतृत्व चयन गर्न भन्दै ताली पड्काएर अध्यक्ष मड्ललाइ म्यानडेट दिएका हुन । प्रतिनिधिहको म्यानडेट अनुसार अध्यक्ष मड्लले भोली आइतवार ११ बजे सम्म बन्द सत्र स्थगन भएको छ ।
प्रकाशित मिति : January 8, 2022 at 8:57 pm









