२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत

२४ पुस, खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चुनिएका छन् । शनिबार दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट दंगाल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

नेकपा एमाले जिल्ला कमिटीको १० वैशाखदेखि १४ वैसाख २०७२ मा सम्पन्न छैठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष बबी चाम्लिङ नेकपा (एकीकृत समाजवादी)मा लागेपछि जिल्ला कमिटीबाट अध्यक्षमा मनोनीत दंगाल अधिवेशनमार्फत अध्यक्ष बनेका हुन् ।

एमाले जिल्ला कमिटीको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमारप्रसाद आचार्य, उपसचिवमा सुरेन्द्रकुमार राई र दिपनारायण रिजाल चयन भएका छन् । अधिवेशनले एमालेको ७५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सबै एमाले एक बनौं’ भन्ने नारासहित शुक्रबार सुरु भएको अधिवेशन प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराईले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : January 8, 2022 at 8:41 pm