२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीमा प्रष्ट दृष्टिकोण रहेको– अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्र निर्माण तथा जनताको सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीसँग प्रष्ट दृष्टिकोण रहेकाले देशभर पार्टीप्रति आकर्षण बढ्दै गएको बताउनुभएको छ । पार्टी निकट बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनमा उहाँले विज्ञान र प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।


मानव संशाधन विकासका लागि बुद्धिजीवी वर्गको ठूलो भूमिका रहने विचार व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले पूर्वाधार विकास, पर्यटन, जलविद्युत र उद्योगका क्षेत्रमा सरकारले लगानी वृद्धि गरेमा ठूलो सङ्ख्यामा रोजगारी बढ्ने बताउनुभयो । उहाँले राष्ट्रको प्रतिष्ठा उठाउने विषयमा पार्टीका नेता तथा कार्यकर्ताले वडा तथा स्थानीय तहदेखि नै निर्माण प्रक्रियामा सुक्ष्मरुपमा नियमन गर्नुपर्ने बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

प्रकाशित मिति : January 8, 2022 at 3:32 pm