माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना, स्वास्थ्यमा समस्या
२४ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको प्रचण्डको स्वास्थ्यमा केही समस्या समेत देखिएको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डको सचिवालयले उनमा कोरोना पुष्टि भएको जानकारी दिँदै भनेको छ, ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी PCR परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं। -सचिवालय’
प्रकाशित मिति : January 8, 2022 at 9:55 am









