६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

नेपाल बैंकद्वारा छत्रमान सिंह स्वर्ण पदक प्राप्त गर्ने विधार्थीलाई सम्मान

१५ पुस, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा श्री बबिता ग्वाछालाई सम्मान गरेको छ ।

भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्वबिद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वबिद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरेका थिए ।

वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयांको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन बिश्वबिद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ । नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडाैँमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक लिमिटेडको नाममा स्थापित छत्रमान सिंह के.सी. स्वर्ण पदक प्राप्त गरेकोमा पदक विजेता बबिता ग्वाछालाई बधाई दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा पदक बिजेता विधार्थी ग्वाछाले नेपाल बैंक लिमिटेडको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैँकप्रति आभार व्यक्त गरेकि थिइन् ।

प्रकाशित मिति : December 30, 2021 at 10:18 am