एमाले छाडेपछि ‘घर न घाटको’ बनेका वामदेव प्रचण्डकाे प्रशंसामा रमाउँदै !
१२ पुस, काठमाडाैँ । एमाले छाडेपछि ‘घर न घाटको’ बनेका वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे प्रशंसा गरेका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीकाे आठाैं महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनकाे प्रशंसा गरेका हुन् ।

सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएकाे छ, ‘उहाँकाे मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नाे मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनकाे तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयाे ।’

प्रकाशित मिति : December 27, 2021 at 7:20 am









