२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माओवादी महाधिवेशन : बन्दसत्र भोलि ११ बजे सुरु हुने

११ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । माओवादीय यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।

प्रकाशित मिति : December 26, 2021 at 8:18 pm