११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

भन्सार छलेर ल्याएकाे कपडा प्रहरीकाे नियन्त्रणमा

१६ साउन, कैलाली । अाज दिउँसो सीमा सुरक्षा कार्यालय कैलालीका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिष्णुप्रसाद भट्टको टोलीले भारतीय बजारबाट उक्त नाका भएर ल्याउँदै गरेको करिब ९० हजार रुपैयाँ बराबरका लेडिज कुर्ता सुरुवाल र अन्य लत्ताकपडा बरामद गरी भन्सार कार्यालय कैलालीलाई बुझाएको छ ।

साउन १ गतेदेखि १६ गतेसम्ममा सशस्त्र प्रहरीले कैलालीका विभिन्न सीमानाकाबाट करिब १६ लाख मूल्य बराबरको सामग्री बरामद गरेको छ । बरामद गरिएका लत्ताकपडा, हार्डवयेरका समानहरु, इलेक्ट्रोनिक्सका समानहरु, सामान ओसारपसारमा संलग्न मोटरसाइकल लगायतका समानहरु भन्सार कार्यालय कैलालीलाई बुझाएको सीमा सुरक्षा कार्यालय कैलालीका निमित्त प्रमुख डीएसपी भट्टले बताए ।

प्रकाशित मिति : 18:21