ऐतिहासिक भनिएको माओवादीको बागमती अधिवेशनः प्रतिनिधि नै नभएको व्यक्ति निर्वाचित
९ पुस, काठमाडौँ । नेकपा माओवादीले पहिलो पटक मतदानको अभ्यास गरेको प्रदेश कमिटीमा प्रतिनिधि नै नरहेको व्यक्ति प्रदेश कमिटी सदस्यमा निर्वाचित भएको पाइएको छ ।
नुवाकोटकी एक नेतृ प्रतिनिधि नबनिकनै प्रदेश कमिटीमा निर्वािचत भएको पाइएको हो । नुवाकोटको सूर्यमति युवा जागरण प्रतिष्ठानको अध्यक्ष समेत रहेकी देविका मिजार नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीमा निर्वाचित भएकी हुन ।

माओवादीको जीवनमा पार्टीको नेतृत्व छान्न पहिलो पटक मतदानको अभ्यास गरेको अधिवेशनमा प्रतिनिधि नै नभएको व्यक्ति प्रदेश कमिटीको सदस्यमा निर्वाचित भएपछि असन्तुष्टि जन्मिएको छ ।
शिक्षासेवी समेत रहेका माओवादी नेता शम्भु पनेरूले प्रदेश कमिटीको अधिवेशनका लागि कुनै मापदण्डमा समेत नपरी प्रतिनिधि नै नभएको व्यक्ति प्रदेश कमिटीमा निर्वाचित भएको भन्दै सार्वजनिक असन्तुष्टि जनाएका छन ।
देविकालाई नुवाकोटकै लिखु स्थायी घर भएका नेता धर्मराज अधिकारी लगायतकालाई पाखामा पुर्याउनका लागि नेता हितबहादुर तामाङ र विमला सुवेदी लगायतले प्रतिनिधि नै नभएका व्यक्तिलाई समेत टिपेर प्रदेश कमिटीको सदस्यको सपथ गराएको भन्दै नवाकोटको माओवदी वृतमा व्यापक असन्तुष्टि देखिएको छ ।
प्रतिनिधि भएर गएका दलित उम्मेदवारहरूले समेत निर्वाचन समितिको कार्यालयमा उजुरी दिएका थिए । यद्यपी तामाङ लगायतका नेताहरूको दाबमा उनीहरूको उजुरीको कुनै सुनुवाइ नभएको बताइएको छ ।

प्रकाशित मिति : December 24, 2021 at 7:18 pm









