२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

भीम रावलको प्रश्नः सांसदले बोल्न नपाउने तर महत्वपूर्ण कानुन होहल्लामा पारित गर्ने ?

९ पुस, काठमाडाैँ । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले सरकार र संसद गलत दिशामा अघि बढेको बताएका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत डा रावलले सांसदले बोल्न नपाउने तर महत्वपूर्ण कानुन होहल्लामा पारित गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन ।

डा रावलले भनेका छन, ‘संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ।यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ।’

प्रकाशित मिति : December 24, 2021 at 12:20 pm