२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

बाग्मती प्रदेशसभा बैठक डेढ महिनापछि आज बस्दै

७ पुस, काठमाडौं । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि बस्न नसकेको बाग्मती प्रदेशको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । गत कात्तिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएपछि बस्न नसकेको बैठक आज डेढ महिना पछि बस्न लागेको हो ।

सभामुख सानुकुमार श्रेष्ठले बिहान ११ बजे बोलाएको कार्यव्यवस्था समितिको बैठकले कार्यसुची तय गरेपछि दिउँसाे १ बजे बैठक बस्ने प्रदेश सचिव कृष्णहरि खडकाले जानकारी दिए ।

प्रकाशित मिति : December 22, 2021 at 10:47 am