२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

प्रतिनिधिसभा बैठक आज, एमसीसीका लागि कार्यव्यवस्था परामर्श समितिकाे बैठक डाकियो

६ मंसिर, काठमाडाैँ । प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज मंगलबार बस्दैछ । संसद बैठक दिउँसाे १ बजेका लागि तय भएकाेमा सभामुख अग्निप्रसाद सापकाेटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ । मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ । मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : December 21, 2021 at 9:13 am