२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माओवादी भित्र पहिलो पटक मतदान, बागमतीको अध्यक्षमा सरल सहयात्री विजयी, अन्य को-को जिते ?

माओवादीमा पहिलो पटक नेतृत्वका चयनका लागि मतदान, बागमतीको अध्यक्षमा सरल सहयात्री विजयी६ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रमा पहिलो पटक नेतृत्व चयनका लागि मतदान भएको छ ।

बागमती प्रदेश कमिटीको पदाधिकारीमा उम्मेदवार धेरै भएपछि माओवादीले आफ्नो इतिहासमा पहिलो पटक नेतृत्व चयनका लागि मतदानको अभ्यास गरेको हो ।

राति अवेर सुरू भएको मतदानको नतिजना मंगलबार बिहान प्राप्त भएको छ । नतिजा अुनसार अध्यक्षमा सरल सहयात्री विजयी भएका छन । उपाध्यक्षमा प्रेम पुलामि मगर, रुपा महर्जन र राम प्रसाद ढुंगाना विजयी भएका छन ।

त्यस्तै सचिवमा ईन्द्र बहादुर थिङ विजयी भएका छन । सह-सचिवमा माधव लामिछाने, दल बहादुर वुर्लाकोटी र प्रकाश श्रेष्ठ विजयी भएका छन भने कोषाध्यक्षमा संगिता भट्टराई चयन भएकी छिन ।

प्रकाशित मिति : December 21, 2021 at 7:17 am