कांग्रेस खुला महिलाको मतपरिणाम सार्वजनिक, प्रधानमन्त्री पत्नी आरजु तेस्रो
५ पुस, काठमाडाैँ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जस अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा धेरै मत पाएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी हुन् । दोस्रो स्थानमा पुष्पा भुसाल रहेकी छन् । भुसालले दुई हजार ७१८ मत पाइन् ।
प्रधानमन्त्रीसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले दुई हजार ५३६ मत पाउँदा चौथो बनेकी अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् । प्रसाई भने शेखर कोइराला प्यानलकी उम्मेदवार हुन् । महिला खुला केन्द्रीय सदस्यको ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : December 20, 2021 at 9:41 pm









