२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

प्रचण्डको हुकुम तोडियो, माओवादीको इतिहासमा नेतृत्व चयन गर्न पहिलो पटक मतदान

५ पुस, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । सोमबार जारी चुनावी प्रकृयामा अध्यक्षसहितका ९ पदमा २७ जनाको उम्मेदवारी परेको छ । मा‌ओवादीको बागमती प्रदेश अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा निर्वाचन कार्यक्रम जारी छ ।

२९ जनाले उम्मेदवारी दिएको भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै २७ जना चुनावी मैदानमा छन् । अध्यक्षमा २ जना र सचिवमा ४ जना, उपाध्यक्षमा ९ जना, सहसचिवमा ११ जना र कोषाध्यक्षमा ३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

नेकपा माओवादीको इतिहासमा नेतृत्व चयन गर्न पहिलो पटक मतदान भएको छ । बागमती प्रदेशमा नेतृत्व चयनका लागि अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले मतदान गरेर यसकाे सुरूवात गरेका छन । तस्बीरः डीबी तामाङ ।

अध्यक्ष र पदाधिकारी छान्न प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी केन्द्र बागमती प्रदेशले जनाएको छ । प्रदेश अध्यक्षसहितका पदाधिकारी सर्वसम्मच चयन गर्ने प्रयास असफल भएपछि माओवादीले निर्वाचन मार्फत टुंगो लगाउने निर्णय गरेको थियो । नेतृत्व चयनका लागि माओवादीमा पहिलो पटक मतदान हुन लागेको हो । यसअघि प्रचण्डको हुकुममा नेतृत्व चयन हुँदै अाएको थियो ।

प्रकाशित मिति : December 20, 2021 at 9:17 pm